गोत्र परिचय

गोत्रको सामान्य परिचय

गोत्र नामवाचक संस्कृत शब्द हो । जसको अर्थ ऋषिमुनीका नामबाट चलिआएको पुख्र्यौली चिनाउने उपनाम, कुल वा वंश हुन्छ । गोत्र खासगरी ऋषिकुलका सन्तान वा जुन ऋषिबाट शिक्षा लिइन्छ, तिनै ऋषि गुरुहरुबाट चेलाहरुको गोत्र कायम भएको बुझिन्छ । सोझो अर्थमा भन्नुपर्दा कयौं वंशहरुको समूह गोत्र हो । एउटै गोत्र हुनुलाई सगोत्र भनिन्छ । सगोत्रलाई दाजुभाई मानिन्छ । त्यसैले सगोत्र बीच विवाह गर्न र दान, दक्षिणा लिन र दिन नहुने कुरामा विश्वास गरिन्छ । तर नेपाली समाजमा यदि थर भिन्न छ भने सगोत्रमा पनि विवाह हुन सक्छ ।
मान्छेको इतिहास खोतल्दै जाँदा संसारका मान्छे एउटै हुन् र संसारका मानव जातिको जीवन कथा उस्तै छ । अन्य प्राणीहरुजस्तै मान्छे पनि एउटा अर्को प्राणी हो, तर अन्य प्राणिहरुको तुलनामा मान्छेलाई विवेकशील मानिन्छ । विवेकशील भएकै कारण मान्छेले अनेकौं सामाजिक रीतिरिवाज र परम्परालाई सुब्यवस्थित बनाएको छ । गोत्रको ब्यवस्था खासगरी वंशको पहिचान र रक्त शुद्धिका लागि भएको हो । आर्य संस्कृतिको पहिचानको महत्वपूर्ण विशेषतामध्ये पहिलो गोत्र प्रवर नै हो । गोत्र प्रवरले रक्त शुद्धिमा विशेष ध्यान पु¥याउने हुनाले आर्य संस्कृतिलाई संसारका विकसित संस्कृतिमध्ये पवित्र मानिन्छ । त्यसैले आर्य संस्कृतिको संरक्षण गर्न गोत्र परम्परा सधैं सुरक्षित रहनुपर्छ । विभिन्न जातिमा पतनका लक्षणहरु देखिदै जानुको प्रमुख कारण गोत्र प्रवरको महिमालाई भुल्दै गएकाले हो । गोत्र ऋषि महर्षिहरुको परिपक्वतापूर्ण अनुभवको परिणामस्वरुप लागू गरिएको एक सामाजिक ब्यवस्था हो । रक्त शुद्धिको महत्वलाई धर्म र विज्ञान दुवैले स्वीकारेका छन् । वंश शुद्धिको महत्वपूर्ण आधार गोत्र भएको हुँदा यसलाई सबैले पालना गर्नुपर्छ । गोत्र प्रवरको खास खोजखबर केटा र केटीबीचको बैवाहिक सम्बन्ध कायम गर्न गरिन्छ । यसको एउटा उदाहरण तल हेरौं ।
असपिण्डा चया मातुर सगोत्रा चया पितु : ।
सा प्रशस्ता द्धिजातीनां दारकर्मणि मैथुने ।।
मनु ।
अर्थात आमा जन्मेको कुलको सातपुस्ता र बाबुको गोत्रसित समानता नभएकी कन्या विवाह गर्न लायक हुन्छन् । तर मनुको यो असपिण्डा भन्ने पदले फुपूका छोरीहरु र सानीआमा तथा ठूलीआमाका छोरी पनि विवाह गर्न नहुने कुरा बुझनुपर्छ ।
गोत्र प्रवर्तक कतिजना ऋषि थिए भन्नेबारेमा यकिनका साथ भन्न सकिने स्थिति छैन । प्रा. बालकृष्ण पोखरेलका अनुसार ब्राह्मण क्षेत्रियको गोत्र ४२ मानिन्छन् । ती हुन् 
१) काश्यप (कश्यप)
२) वस्त
३) कौडिण्य
४) भारद्धाज
५) कौशिक
६) अत्रि (आत्रेय)
७) वसिष्ठ 
८) घृतकौशिक
९) मौद्गल्य
१०) धनञ्जय
११) गर्ग
१२) उपमन्यु
१३) विश्वामित्र
१४) गौतम
१५) जमदग्नि
१६) कात्यायन
१७) पराशर
१८) शाकटायन
१९) सावर्ण
२०) वृहस्पति
२१) अगस्ति
२२) कनवट
२३) मिहिल
२४) शाण्डिल्य
२५) साङ्कृत्य
२६) शौनक
२७) कृष्णात्रि
२८) हारित
२९) आलाबुक
३०) विष्णुवृद्धि
३१) कृष्णावसु
३२) शिशिहिर
३३) आङ्गिरस
३४) कपिल
३५) मौनस
३६) वैयाद्य
३७) माण्डब्य
३८) भार्गव
३९) मिहिर
४०) काशी
४१) कौशल
४२) शैनाम
प्रत्येक गोत्रभित्र विभिन्न थरहरु हुन्छन् । त्यसैले एउटै गोत्र भएका विभिन्न थरहरुलाई सगोत्र भनिन्छ । सगोत्रबीचको सम्बन्ध अत्यन्तै भावात्मक हुन्छ । आवश्यक परेको बेला सहयोगको लागि सगोत्रका दाजुभाईको घरमा जान अपठ्यारो मान्नु हुँदैन । गोत्रको धारणा वैदिक संस्कारद्धारा अभिप्रेरित विषय मानिन्छ । गोदार थापाहरुको गोत्र काश्यप हो । काश्यप गोत्रका नेपाली थरहरु निम्नानुसार पाइन्छ ।
- गोदार थापा वंशपरिचय पृष्ठ ११ बाट साभार  

No comments:

Post a Comment