वंश परिचय


गोदार थापा वंशावली

नेपालमा गोदार तथा गोदार थापाका रुपमा चिनिने वंशको उत्पत्तिस्थल गोबद्र्धन गिरि मानिन्छ । गोवद्र्धन गिरि इरान, इराक र आर्मेनियाको बीचमा पर्दछ । यसलाई केदार पर्वत पनि भनिन्छ । गोवद्र्धन गिरि र त्यसको आसपासको मूमिमा गोदार जातिका पूर्वजहरु वैदिककाल (करिव ६ हजार वर्ष) पूर्व नै अस्तित्वमा रहेको बुझिन्छ । मानव सृष्टिको इतिहासमा गोदार वंश अत्यन्तै प्राचिन पहिचान भएको एउटा महत्वपूर्ण वंश हो । गोवद्र्धन गिरिमा रहने गोदारवंशजका पूर्वजहरुको मुख्य पेशा गाईको सेवा गर्नु थियो । गाईका सेवाक र रक्षक भएकाले गोदार वंशको उत्पत्तिलाई कामधेनु गाईसँग जोड्ने गरेको प्रसङ्ग पनि पाइन्छ । यस वंशमा गाईलाई माता समान मानिन्छ । गाईका रक्षक भएकाले गोदार वंश तेजस्वी रह्यो र गाईका सेवक भएकोले यस वंशमा क्षेत्रिय स्वाभावको विकास भएको हो ।
गोदार वा गोदार थापा थर भएका यस जातिको गोत्र काश्यप हो । यिनीहरु बाह््र मष्टलाई आफ्नो कुलदेवता मान्दछन् । यिनीहरु क्षेत्री हुन् । वैदिक युगको चातुर्वष्यमा गोदार वंश पनि पर्दछ । इमान्दार, कर्तब्यनिष्ठ र भक्तिभावले युक्त गोदार वंशका पूर्वजमा क्षेत्रिय धर्मका गुणहरु थिए । त्यसैले गोदार वंशले वैदिक युगदेखि नै क्षेत्रिय धर्मलाई पालना गर्दै आए र वर्तमानसम्म यिनीहरुले आफ्नो धर्मलाई कायम राखेका छन् । गोदार तथा गोदार थापाहरु हिन्दू धर्मका अनुयायी हुन् ।
मानव इतिहासको लामो कालखण्ड पार गरिसक्दा पनि आफ्नो वंश धर्म र संस्कारलाई एकनासले जीवन्त राख्न सक्नु यस वंशको एउटा महत्वपूर्ण विशेषता हो । गोदार थापा वंशको इतिहास गौरव लायक छ । हजारौ वर्षको समयावधिमा कैयौ वंशहरु अज्ञात गर्भमा बिलाए । कैयौ वंशले आफ्नो धर्म र परम्परालाई भुलेर अनेत्र मिसिन पुगे । संसारमा सधै अमर रहन सक्छु भन्ने घमण्डले चुर हुने वंश पनि विनाश भए । संसारको इतिहास निर्माण गर्न कसिएको वंशले आफ्नो इतिहाससम्म कायम राख्न सकेनन् । कति वंशको उदय भयो कतिको अन्त । सबैको लेखाजोखा गर्न पुराना धार्मिक ग्रन्थहरुको अध्ययन गर्नुपर्दछ । तर गोदार थापा वंशले मानव विकासको इतिहासका पानामा सधैं आफूलाई सुरक्षित राखेको छ । आफू भलो त जगतै भलो भन्ने आदर्शलाई आफ्नो मूलमन्त्र ठान्ने गोदार थापाका पूर्वजहरुले कहिल्यै कसैको कुभलो गरेनन् । त्यसैले यस वंशले कहिल्यै खतराको सामना गर्नु परेन । हजारौं वर्षको इतिहासमा कैयौं कुराको हेरफेर भयो, तर यस वंशलाई केही फरक परेन । त्यसैले यो वंश सधै सुरक्षित रह्यो । राष्ट्र, राष्ट्रिया, धर्म, संस्कृति र सेवामा समर्पित रहनु गोदार थापा वंशको मुख्य विशेषता हो ।
प्राचिन ग्रन्थहरुमा उल्लेख भएको भारतवर्ष भन्नाले वर्तमान संसारको दक्षिण एसियालाई मान्नुपर्छ । त्यसकारण गोदार थापाका पूर्वजहरुको प्राचीन इतिहास खोज्न यिनै क्षेत्रभित्र चहार्नुपर्छ । नेपाल एकीकरण हुँदासम्म जुन नेपाली जहाँ पुगेका थिए, त्यही नै घुमन्ते जीवनको अन्त्य भएकाले पछिल्लो ठेगानालाई आफ्नो जन्मभूमिको रुपमा स्वीकार गरी आ–आफ्नो वंशावली निर्माण गर्ने प्रवृत्तिअनुसार नै गोदार थापाहरुको उत्पत्ति स्थलका बारेमा पनि गोर्खा, पाल्पा, जुम्ला, दैलेख, डोटी, कुमाउ, गढवाल तथा राजपुतनाको चितौड आदि स्थलहरुको प्रसङ्ग उठाउने गरिएको छ । माथि उल्लेख गरिएका सबै भूमिमा गोदार थापा वंशको पनि इतिहास गाँसिएको छ । समय जति अगाडि बढ्यो त्यति नै पुराना कुराहरु अज्ञात हुँदै गए । जसले जतिसम्मको इतिहास थाहा पाउन सक्यो त्यसै स्थानलाई गोदार थापा वंशको उत्पत्स्थिल मान्दै गए । त्यसैले गोदार थापाको उत्पत्तिका बारेमा माथि उल्लेख गरिएका सबै स्थलहरु गलत छैनन् । तर गोदार बंशको इतिहास निक्कै प्राचीन भएकोले अध्ययनको तह जति प्राचीनतातर्फ लम्बन्छ त्यति नै वास्तविकताको नजिक पुग्न लागिएको ठान्नुपर्छ ।
प्राचीन समयमा आजको संसारमा जस्तो राजनैतिक सीमाहरु लागिसकेका थिएनन् । भारतवर्षभित्र वर्तमान संसारका धेरै मुलुकहरु पर्थे । त्यसकारण मानव समाजको विस्तारसँगै आफ्नो वंशको प्रकृति, स्वभाव, संस्कृति र भूगोलअनुसार गोदार वंश फैलदै जाँदा वर्तमान नेपालको पश्चिमी क्षेत्रबाट गोदारथापाहरु गोदार क्षेत्रीका रुपमा प्रवेश गरेको बुझिन्छ । नेपाली भूमिमा गोदारहरुको प्रवेश कहिले भयो भन्नेवारे हालसम्म यकिन भइसकेको छैन । तर आठौं शताब्दीपूर्व नै गोदारहरु वर्तमान नेपालको गण्डकी क्षेत्रदेखी पश्चिमका विभिन्न स्थलमा प्रशस्त फपैलिइसकेको बुझिन्छ । थापा थरको प्रमाणिक इतिहास १२ औं शताब्दीपछि मात्र पाइन्छ, तर त्यस समयपूर्व नै पश्चिमका धेरै ठाउँहरुमा गोदार नाम भएका बस्तीहरु अस्तित्वमा आइसकेको बुझिन्छ । जनकपुर अञ्चलको धनुषा जिल्लामा गोदार भन्ने स्थल भए जस्तै पश्चिममा पनि गोदार नाम गरेका त्यस्ता स्थलहरु धेरै पाइन्छन् । ती स्थलहरुमा प्राचीन समयमा गोदार वंशको बस्ती हुनु बाहेक अर्को तर्क पेश गर्ने ठाँउ छैन । प्राचीन समयदेखि नै गोदारलाई सातसय गोदार र बाह्रबीसे गोदार भन्ने गरेको पाइन्छ । यस सम्बन्धमा खोजी गर्दा प्रमाणिक कुरा हालसम्म प्राप्त भएको छैन । तर प्राचिन समयमा गोदार थापाहरुको संख्या धेरै रहेछ भन्ने, कुरा स्वीकार्नुपर्छ । बा¥हौं शताब्दीपछि गोदार थापाहरुले “थापा” पदवी धारण गरे । सिंजा राज्यमा “थापा” भन्ने पद निक्कै सम्मानित थियो । त्यसकारण थापा पदमा नियुक्त भएका गोदारहरुले आफूलाई गोदारको सट्टा थापा भन्ने गरले परिचित गराउन थाले । त्यस समय सबै गोदारहरुले “थापा” थापा पद प्राप्त गरेका थिएनन् । त्यसकारण थापा पदवी नपाउने वंशपट्टिका सन्तानहरु आज पनि आफूलाई गोदार क्षेत्री भन्ने गर्दछन् । गोदारको सट्टा थापा भन्न पाउँदा त्यससमयमा निक्कै सम्मान हुने हुनाले गोदारलाई गौण बनाइयो, जसले गर्दा एकाथरी गोदार थापा भएका छन भने अर्काथरी गोदारमात्र छन् । थापा थर होइन । यसको आफ्नै धर्म र गोत्र छैन । बडाहाकिम, सुब्बा जस्तै थापा पनि एउटा भारदारी पदवी मात्र हो । सिंजा साम्राज्य र तयसपछिको इतिहास हेर्दा १३४ जातले थापा पद ग्रहण गरेको बुझिन्छ । त्यस समय थापाका रुपमा चिनाउन पाउनु निक्कै गर्वको कुरा थियो त्यसलैले यो पद प्राप्त गर्ने सबै जातले आफूलाई “थापा” कै रुपमा चिनाउँथे । तर अहिले यी सबै भेदहरु ब्यवहारमा छैनन् । अत ः थापा पद  भएकाले तयसबेला थापा पदवी पाउने जुनसुकै जात र गोत्रका मानिसहरु थापा हुन सक्छन्, तर गोदार एउटै हुन्छ । सबै गोदारको गात्र काश्यप नै हो । सबै गोदारहरु वैदिक पुरुष सुक्तअनुसारको क्षेत्रियसँग तुलनीय छन् । यिनीहरु आर्य हुन् र शुद्ध क्षेत्रिय वर्ण मानिन्छन् ।
धेरै जातमा थापा थर पाइएकोले थापा थरलाई आफ्नै अनुकूल ब्याख्या गर्ने गरिएको देखिन थालिएको छ । तर थापा थर नभएकाले सबै खाले थापाहरुको आफ्नै जात र थर हुन्छ भन्ने कुरा सबैले बुझ्नु पर्छ । जस्तै गोदार थापा, बगाले थापा, पुवार थापा, गाम्ले थापा, आदि जातिले आफूलाई थापा भने पनि थापा थर होइन् । थापाभन्दा अगाडिको गोदार, बगाले, पुवार, चाहिं थर हुन् । यी थरहरुमध्ये क्षेत्रिय वैदिक थर हो भने गोदार, पुवार, बगाले, गाग्ले कुनै वैदिक कालपूर्व र कुनै त्यसपछि सृजना भएका थर हुन् । त्यसकारण आज आफूलाई थापाका रुपमा चिनाउने प्रत्येक वंशले थापाभन्दा अगाडिको आफ्नो जात र त्यसभित्रको इतिहासलाई विर्सनु हुँदैन् ।
आफ्ना पूर्वजहरुको गौरवमय इतिहासलाई जीवन्त राख्न सबै गोदार थापाहरुले आफूलाई गोदार शब्दबाट चिनाउनुपर्छ । नेपालमा गोदार तथा गोदार थापाको संख्या धेरै छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गोदार थापाहरुको बस्ती पाइन्छन् । अध्ययनको क्रममा कतिपय ठाँउका थापाहरुले आफूलाई थापा मात्र भन्ने गरेको पाइयो । कुन थापा भन्ने परिचय उनीहरुले दिन सकेनन् । उनीहरुको गोत्रबाट बुझ्दा ती कोही गोदार थिए त कोही बगाले थिए । केही मगरहरुले पनि आफूलाई थापा भन्दा रहेछन् । विभिन्न गोत्र र जातका थापाहरु  एउटै वर्गमा मिसिनु सामाजिक एकताका दृष्टिले राम्रो हो, तर आफ्नो खास जात सबैले भुल्ने हो भने सबैले आ–आफ्नो वंशको गौरवमय इतिहास भुल्ने छन् । हजारौं वर्षपछि इतिहास छुट्याउन गा¥हो पर्ने हुनाले भविष्यमा यो समस्याको विषय हुन्छ । त्यसकारण सम्पूर्ण गोदार थापाहरुले आफ्नो गौरवमय वंश परम्परालाई जीवन्त राख्न आफूलाई गादारको रुपमा चिनाउनु पर्छ र अन्य थापाहरुले पनि आफूलाई आफ्नै थरले चिनाउनु राम्रो हुन्छ । आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षण गरेर भविष्यलाई सुम्पनु प्रत्येक वर्तमान पुस्ताको कर्तब्य हो । त्यसकारणहामीले खिचडी जस्तो संस्कृति हस्तान्तरण गर्नु हुँदैन् ।

1 comment:

  1. जो आप गोवर्धन गिरि बता रहे हो, वो भारत के उत्तरप्रदेश में है।

    भारत के जांगल प्रदेश से निकलकर आपके पूर्वजों का दल गोवर्धन क्षेत्र में रूका फिर रायसेन गोदार ने राया बसाया, वहीं आपके पूर्वज गोवर्धन क्षेत्र से निकलकर नेपाल में जा बसे।

    ReplyDelete