जात–जाती उत्पत्ती''


नेपालमा जात जातिको उत्पति कसरि भयो

नेपालमा प्रचीनकाल अथवा किराँतहरुको शासन कालसम्म पनि जातिय छुवाछुत प्रथाको शुरुवात भएको थिएन । किराँतकाल भन्नाले ई। पु। ५०८ देखि ११०० सम्मको अबधिलाई मानिन्छ । किराँतकालमा मुख्य पेशाको रुपमा खेती र पशुपालन रहेको र साथै केही उधोग धन्दा तथा ब्यापारको पनि बिकास भएको देखिन्छ । नेपालमा उत्पदित ऊनको राडी, पाखी पाट्लिपुत्रको बजारमा समेत विक्री भएको कुरा भारतका प्राचिन राजनीतिज्ञ तथा अर्थशास्त्री कौटिल्यले आफ्नो अर्थशास्त्रमा उल्लेख गरेवाट पनि यो कुरा प्रष्ट हुन्छ । तर त्यतिबेला समाजमा जातपातको आधारमा कामको बाँड्फाड भैसकेको थिएन । जुत्ता तथा लुगा सिउने आरन चलाऊने आदी सबै काम किराँतीहरु आँफैले नै गर्थे । यो प्रथा पृथ्बी नारायण ले काठमाडौं उपत्यका विजय गरिसकेपछि पनि किराँतहरुको क्षेत्रमा कायम नै थियो । पछि पृथ्बी नारायणले उनिहरुलाई लुगा तथा जुत्ता सिउने,भाडा बनाउने आदिकाम छाड्न लगाएका थिए ।

नेपालको पहाडी क्षेत्रमा किराँतहरुले राज्य गरिरहदा तराई भेगमा लिच्छबी, मल्ल, शाक्य,कोली आदिको राज्य थियो । पछि मुसलमानहरुको आक्रमणबाट ती हिन्दू राजाहरु त्यहाँ टिक्न नसकेर नेपालको पहाडी क्षेत्रमा भागेर आए । त्यसरी भागेर आएका लिच्छबिहरुले नेपालका किराँतहरुलाई हराइ आफ्नो सत्ता इ। स। ११० तिर कायम गरे । त्यतिबेला नेपालको वर्ण ब्यवस्था पनि भारतको जस्तै पेशामा आधरित कायम गरे । जातिको आधारमा खानपान रहन सहन आदिमा भिन्नता गरिएको थियो । त्यतिबेला समाजलाई चार वर्ण अठार जातमा विभाजित गरिएको थियो ।

जात अनुसार सबैले आ९आफ्नो पेशा गर्ने पर्दथ्यो । कसैले आफ्नो पेशा छोडेर अर्को पेशामा लाग्न पाइदैनथ्यो। कसैले प्रचलित जातिय मर्यादा पालन नगरेमा उ दण्डको भागी हुन्थ्यो । कुनै पनि जातिले आफ्नो बाहेक अर्को जातिमा बिहे गर्न पाउदैन्थ्यो । जातिय मर्यादा पालन नगरेका ब्यक्तिलाई जात बाट पाटन गराइन्थ्यो । शुद्र जातिले सुन र चाँदिको गहना लगाउन पाउदैन्थ्यो । यसरी लिच्छबिहरु भरत बाट आएकाले भारतकै मनुस्मृतिका आधरित वर्ण ब्यवस्था उनिहरुले लागु गरे । र त्यतिबेला देखि नेपालमा जात जाती वा दलित जाती को उदय भायो।

सन ११९७ मा अरिमल्ल नेपालको राजा भए पछि नेपालमा मल्ल काल शुरु भयो । मल्लकालमा जाति प्रथाले अझ चरम रुप लिएको थियो । सन १२८० मल्ल राजा जयस्थिती मल्लले छिन्न९भिन्न भैसकेको नेपालको वर्ण ब्यवस्थालाई फेरी पुनगर्ठन गरेर वर्ण ब्यवस्थालाई मजबुत पारे । उनले नेपाल उपत्यकाका नेवारहरुलाई ४ वर्ण र ६४ जातमा विभजित गरे । नेवारहरु मध्य पनि आचार्य, वैध, श्रेष्ठ र दैवज्ञलाई माथिल्लो जातमा राखियो । पोडे, चारमकार्, आदी जातिलाई पानी नचल्ने जातमा राखियो । यी सबै जातिले आ९आफ्नो जात अनुसारको काम्गर्नु पर्ने नियम बनाइयो । पोडेहरुले टोपी, जुत्ता , र सुनका गहना लगाउन नपाउने गरियो । कसाइले बाहुला भएको दौरा लगाउन नपाउने गरियो । साथै पोडे, कसाइ तथा कुलुहरुले झिंगटिले छाएको घर बनाउन नपाउने गरियो । यसरी समाजमा जातिय विभाजन संगसंगै बर्गिय विभाजन पनि गरियो । प्रत्यक बर्ग र जातिको भोजन्, बसोबास , जन्म मृत्यु विवाह मा गरिने संस्कारको ब्यवस्था बनाइयो । तल्ला जातिले माथिल्ला जातिलाई सम्मान गर्नु पर्ने भयो ।

यसको साथै कसैले आफ्नो पेशा छाडेर अर्कै पेशा अपनायो भने उसलाई अपराधीसरहको दण्डको भागी हुनु पर्ने गरियो । त्यस्ताइ गरेर माथिल्लो बर्णको स्त्री सँग बिहा गर्न छुट दिइयो भने माथिल्लो बर्णको स्त्रीले त्यस्तो गर्न नपाईने गरियो । यदि कुनै स्त्रीले आफुभन्दा तल्लो बर्णको पुरुषसँग बिहा गर्योत र त्यसबाट बच्चा जन्म्यो भने त्यो बच्चा चाण्डल हुने र कुनै स्त्री सती जानको लागि चितामा लोग्ने सँग सुतेको बेला त्यहाँ बस्न नसकी खसी भने उनि पनि पोडे जातमा झर्न नियम बनाइयो ।

यस किसिमले जयस्थिती मल्लको समयमा नेपालमा जातिय छुवाछुत प्रथाले चरम रुप लिएको थियो । यसै प्रथालाई नक्कल गरेर गोर्खाका राजा रामशाह, सन १६०६९३३ ले पनि त्यहाँको समाजलाई चार बर्ण छातीस जातमा बिभाजन गरे । उनकै सन्तान पृथ्बी नारायण शाहले नेपाल उपत्यका विजय गरे पछि उनले पनि नेपाली समाजलाई हिन्दू बर्ण ब्यबस्थामा नै ढाल्ने कम गरे र छुवा छुत , जात जाती प्रथा लाई झन आफ्नो मन परेको मान्छे लाई माथिल्लो जातमा उकाल्ने र मन नपरेको मान्छेलाई तल्लो जातमा खासल्ने काम गरे । यसको साथै उनले जातिय छुवाछुत प्रथा नवएको किराँत समुदयमा समेत जाभार्जस्ती जातिया छुवाछुत प्रथा भित्रायउने कोशीस गरेका थिए । तर यो छुवाछुत प्रथा किराँती समुदायमा आशफल भएको देखिन्छ । यसरी पृथ्बी नारायण शाहले जातिय प्रथा लाई अझ मजबुत पारे ।

स्रोत:
गोबिन्द प्रसाद न्यौपाने
जल्पा ५ पाल्पा नेपाल
हाल के.एस.ए. बाल्वाटार

No comments:

Post a Comment